+
+
Shares

माछापुच्छ्रे बैंकद्वारा रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १९:४०

१३ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो १९औँ वाषिर्कोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ बैंकको प्रधान कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १४० वटा शाखाहरु, १२८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २६८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?