Comments Add Comment

राजेश हमालको सम्मानमा कार्यक्रम, तर दर्शकको उपस्थिती न्यून

आइतबार साँझ काठमाण्डौको सोल्टी मोडमा अवस्थित पाँच तारे होटल सोल्टीमा नायक राजेश हमाललाई ट्रिब्युट गर्ने कार्यक्रम आयोजना भएको छ । साधना कला केन्द्रको आयोजनामा ‘ट्रिब्युट टू मेगास्टार राजेश हमाल’ सम्पन्न भएको हो ।

यो कार्यक्रमका लागि गायिका साधना सरगम र गायक इन्द्रजित मिजार नेपाल आएका थिए । नेपालबाट पनि धेरै गायक–गायिकाहरुले कार्यक्रममा सहभागीता जनाएका थिए । तर, देशकै चर्चित नायकलाई सम्मान आयोजना गर्ने भव्य कार्यक्रममा दर्शकको उपस्थिति भने निकै कमजोर देखियो ।

कार्यक्रम हलमा अधिकांश कुर्सीहरु खाली देखिए । अगाडिको भागमा केही विज्ञापनदाताहरु र त्यहाँ गीत गाउन उपस्थित कलाकारहरु मात्र उपस्थित थिए । पत्रकारहरुको पनि न्युन उपस्थिति रहेको यो कार्यक्रममा टिकट काटेर आउने दर्शकहरु त शुन्य जस्तै थियो ।

कार्यक्रममा कलाकारहरुको उपस्थिति पनि कमजोर देखियो । राजेश हमालकका समकालिन कलाकारहरुमा नायिका करिश्मा मानन्धर, संगीतकार शम्भुजित बस्कोटा, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई मात्रै देखिए ।

कार्यक्रममा दर्शक नआउनुको पहिलो कारण हो, मंहगो टिकट दर । कार्यक्रममा टिकट दर ५ हजार तोकिएको थियो । कलाकारको उपस्थितिको विषयमा पनि प्रश्न उठ्न सक्छ । कलाकारहरु किन उपस्थित भएनन् त ? यसको उत्तर भने सजिलो छ । आयोजक टिमले कलाकारलाई निमन्त्रणा नै गरेन ।

देशकै सबैभन्दा चर्चित कलाकारलाई सम्मान गर्ने कार्यक्रममा कलाकारको उपस्थिती बाक्लो गर्न लोभ नगरेको भएपनि यसले अर्थ राख्थ्यो । तर, आयोजकले कार्यक्रम पाँच तारे होटलमा गरेपनि व्यवस्थापन गतिलो गर्न सकेन ।

जसले गर्दा ‘ट्रिब्यूट टू मेगास्टार राजेश हमाल’ कार्यक्रम खल्लो देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment