+
+
Shares
फिफा विश्वकप २०२६ :

हालान्डको दोस्रो गोलमा नर्वेको अग्रता दोब्बर

अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २-० को अग्रता दिलाए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते ३:३८

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा  एर्लिङ हालान्डको गोलमा नर्वेले ब्राजिल विरुद्ध अग्रता  दोब्बर बनाएको  छ ।

अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २-० को अग्रता दिलाए ।

हालान्डले दोस्रो हाफमा दश मिनेट अन्तरमा दुई गोल गरेका हुन् ।

उनले ७९औं मिनेटमा पहिलो गोल गरेका थिए ।

ब्राजिलले पहिलो हाफमा पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए ।

खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए ।

न्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए । तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए ।

पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी समेत बने । यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्स विरुद्ध पेनाल्टी मिस गरेका थिए ।

नर्वेल ब्राजिलसँग अहिलेसम्म खेलेको चार खेलमा अपराजित छ भने सन् १९९८ मा भएको विश्वकपको एक मात्र भेटमा नर्वेले ब्राजिललाई २-१ ले पराजित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?