+
+
Shares

गगन थापा भन्छन्- सभामुखको केस रफादफा हुनुहुँदैन

धनराज गुरुङको प्रश्न- सरकार किन मूकदर्शक ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १४ गते १०:०९

१४ असोज, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए ।

रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’

कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै थापाले सभामुख दोषी नभए उन्मुक्ति पाउनुपर्ने र अभियोग लगाउने महिला दोषी भए दण्ड दिनुपर्ने बताए ।

‘यो केसमा कहीँ कतै रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउनुपर्ने सजायँ उहाँले पनि पाउनुपर्छ,’ उनले भने ।

करणीको आसय मात्र राख्यो भने पनि दण्डनीय हुने कानुनी व्यवस्था रहेको भन्दै थापाले भने, ‘ममाथि बलात्कार प्रयास भयो भनिसकेपछि पृष्ठभूमि के थियो, के थिएन भन्ने कुराले अर्थ राख्दैन ।’

सञ्चारमाध्यमबाट आएका सूचना गम्भीर रहेको बताउँदै थापाले त्यही सूचनाको आधारमा घटनाको अनुसन्धान गर्नुपर्ने बताए ।

यसैबीच कांग्रेसका अर्का नेता धनराज गुरुङले सभामुख जस्तो सम्मानित पदमा आसिन व्यक्तिलाई जबरजस्ती करणीको आरोप लाग्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘स्वयं सभामुखले पीडित महिलालाई फोन गरेर यो सामान्य घटना हो भन्नु भनेर पटक-पटक फोन गरेको सार्वजनिक भैसक्यो । तैपनि सरकार किन मूकदर्शक ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?