News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सभापति गगन थापाले बिहीबार भिडियोमार्फत् आफ्ना बारेमा चलेका अफवाह र राज्यपक्षका कामकारबाहीप्रति धारणा राखेका छन्।
- थापाले फिक्सर इनाम सापकोटासम्बन्धी अडियोमा आफ्नो नाम जोडिएको विषयलाई अस्वीकार गर्दै कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको बताएका छन्।
- थापाले मधेस प्रदेश सरकारले पाँचदेखि सात दिनभित्र विश्वासको मत लिनुपर्ने भन्दै सरकारका कमजोरी र पुनर्स्थापनाजस्ता विषयमा प्रश्न उठाएका छन्।
कांग्रेस सभापति गगन थापाले उनीमाथि चलेका अफवाह र राज्यपक्षबाट भइरहेका कामकारबाहीप्रति बिहीबार आफ्नो धारणा राखेका छन् । उनले भिडियोमार्फत् समग्र विषयमा आफ्नो कुरा राखेका हुन्।
नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ ।
यो प्रकरणमा पार्टी का वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयमा हिजो प्रेस कन्फ्रेन्स गरेर सबै विषय वस्तुहरु डिटेलमा राखिसक्नु भएको छ ।
जसको सार दुइटा छ- एउटा यो बदनियतका साथ चलाइएको हल्ला हो । यसलाई हामी पूर्ण रुपमा खारेज गर्छौं । दोस्रो नेपाली कांग्रेस पार्टीको नेतृत्व सबै खालको अनुसन्धानको लागि तयार छ ।
यति कुरा पार्टीको उपसभापतिले बोलिसके पछाडी मैले नबोले पनि हुने हो । तर केहि विषयहरुमा मलाई डाइरेक्टली कम्युनिकेट गर्नुपर्छ भन्ने लाग्छ ।
त्यसैले यो सन्दर्भमा पनि मैले एउटा सानो भिडियो बनाएको छु । फिक्सर इनाम सापकोटा जो अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन् । उनको भनेर एउटा अडियो बाहिर आएको छ त्यो अडियो मा मेरो बारेमा केहि कुरा सुनिएको भनेर त्यो अडियो कहाँ बोलेको ? कसले बोलेको ? किन बोलेको ? कहिले बोलेको ? थाहा छैन । बोलेको हो कि बोलाइएको ? यो पनि थाहा छैन ।
मलाई यतातिर अलि चासो पनि छैन । किनकि यो समग्र कुरामा एक पछि अर्को पोलहरू पक्कै पनि खुल्दै जालान् । जान पनि पर्छ । तर एउटा कुरा क्लियर बनाउँछु नेपाली कांग्रेसको पार्टीको विशेष महाधिवेशन भनेको विद्रोह हो ।
भाद्र तेइस र चौबिस गते नवयुवाले विद्रोह गरे । त्यो विद्रोहको सम्मान गर्दै पार्टीभित्र चेन साइन छ भनेर हामीले कोसिस गर्यौं । रेसिस्ट भयो त्यसैले पार्टीका भुइँ तहको कार्यकर्ताहरूले गरेको विद्रोह त्यो विद्रोहमा हामीहरु मिसिएको हो ।
विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? के होला भनेर सोच्दा सोच्दैन ।
करोडको कुरा गर्छन् नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा राजनीतिक कानूनी लडाइँमा रुपैयाँ होइन एक सुकाको पनि कुनै आर्थिक लेनदेन कुनै अनुचित काम गरेको छैन । भएको छैन ।
फिक्सर इनाम सापकोटाको अडियो भनेर बजारमा आएको कुरामा हाम्रो बारेमा यस्तो सुनिएको रे भनेको बारेमा हामीले सार्वजनिक रुपमा उत्तर दिन हिँड्नुपर्ने यो दिनु नै नपर्ने विषय हो ।
तर यति कुरा भन्यो अब सकियो अब प्रश्न हामीलाई सोध्ने होइन प्रश्न कहाँ सोध्ने जहाँ सोध्नु पर्ने हो त्यहाँ सोध्ने ।
फिक्सर इनाम सापकोटा अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन् त्यहाँ सोध्ने प्रश्न हो । अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने यसमा को-को जोडिए त्यो सबै कुराहरु खोतल्ने प्रेसको पनि यही जिम्मा हो ।
अरु चासो राख्नेहरुको पनि यही जिम्मा हो । जब राम्रो सँग अनुसन्धान हुन्छ फेयर अनुसन्धान हुन्छ दूध को दूध पानीको पानी मज्जाले छुट्टिन्छ । हामी त्यसकै प्रतिक्षामा छौं । अर्को एउटा प्रसङ्ग पनि छ अडियोमा हाम्रो बारेमा केहि कुराहरु आयो त्यसकारणले गर्दा हामी हतार हतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौं । राति बसेर अनेकन कुराहरू गर्न थाल्यौं । अरे बाबा मैले त भन्दै आएको छु । म तर्सिने जिनिस नै होइन । तर्सिने बानी नै परेको छैन । नेपाली कांग्रेस पार्टी सभापति छु । मेरो पार्टी सभापति को रुपमा केहि ड्युटीहरु छन् ।
मधेस प्रदेशको सरकार नेपाली कांग्रेसको छ । अबको पाँच सात दिन भित्र विश्वासको मत लिनु पर्नेछ । अरु राजनीतिक दलसँग संवाद गर्नुपर्ने छ । प्रचण्डलाई केहि दिन अगाडी भेटे त्यो भन्दा पहिला उपेन्द्र यादवजीलाई भेटे । केहि सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीलाई भेटे ।
कुनै कुरा सरकारको बारेमा लुकेर गर्नुपर्ने नै छैन । जे गर्ने हो खुला गर्ने हो । हामीले अस्ति पार्टी केन्द्रीय कार्यालयमा बकायदा प्रेसहरूलाई बोलाएर खुला भनि सक्यौं । यो सरकार पाँच वर्षको लागि आएको हो । पाँच वर्षको म्यान्डेट छ । त्यसलाई हामी सम्मान गर्छौं ।
तर सरकारले राइट कुरा मा फोकस गरोस् । आजको उसको फोकस यत्रो डिजास्टर भएको छ यति धेरै मानिसहरु घरबार विहीन भएका छन् तिनको पुनर्स्थापना कसरी गर्ने ? सुकुम्बासीहरु घर टहरा छोडेर गएर खुलामा बसेको कति समय भयो ? उनको पुनर्स्थापना कसरी गर्ने ? सबै भन्दा ठूलो कुरा अर्थतन्त्रमा छ । खोइ रोजगारी ? खोइ लगानी ? जताततै बर्बाद हुँदै गएको छ । सब डरले थुरथुर भएको अवस्था छ । यसलाई सम्हाल्ने कसरी हो ? यो सम्हाल्ने कुरामा ध्यानाकर्षण पनि गराएका छौँ| हाम्रो साथ सहयोग रहन्छ जहाँ गल्ती गर्छौं ।
हामी प्रश्न गर्छौं भनेर भनेका छौं । तर लोकतान्त्रिक अधिकारलाई खुम्च्याउने कुरा हाम्रा संस्थाहरुलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मुक दर्शक भएर बस्दैनौं । बोल्छौ । प्रश्न गर्छौं । पर्यो भने प्रतिवाद गर्छौं । किनकि त्यो हाम्रो ड्युटी हो खुला भनिरहेका छौं । लुकाएर भन्नुपर्ने कुरा केहि पनि छैन ।
हामीले जतिखेर सरकारमाथि प्रश्न उठायौं ठ्याक्कै त्यही बेलाबाट एउटा म्यानुफ्याक्चर न्यारेटिभ सुरु भएको छ । के यसले हामीलाई प्रश्न गर्ने कुरा बन्द हुन्छ हुँदैन ? ठिक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन । गलत कुरालाई प्रश्न गर्ने कुरा र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन ।
अन्तिममा म एउटा कुरा भन्छु म गगन थापा तपाईंको दाई । तपाईंको भाइ । तपाईंको साथी । तपाईंको छोरा । तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन ।
मैले सधैं भन्दै आएको छु मेरो आत्मामा दाग छैन । मनमा कुनै कालो छैन । मेरो हात सफा छ । माइ ह्याण्ड्स आर क्लीन ।
यति नभएको भए लड्ने आँट आउथ्यो ? यो भन्दा पहिला पनि अझै बलियो सत्ता भएको बेलामा सत्ताले गलत गरेको बेलामा त्यो सँग लड्दै आएको छु । प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार त गलत हुँदै गर्दा बोल्न छाडिनँ । बोल्ने आँट कहाँबाट आउछ ? म कतै कमजोर भएको भए मेरो स्वच्छता इमान्दारिता मेरो नैतिकतामा कहि कतै कम्प्रोमाइज भएको भए त्यो बोल्ने आँट आउछ ? आउँदैन । जब- जब म अलि बलियो सत्तासँग मैले प्रश्न गरेको छु । लडेको छु । यस्ता कुनै न कुनै प्रायोजित म्यानुफ्याक्चर न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ । कहिले यो भयो कहिले त्यो भयो । व्यापक रुपमा मेरो चरित्र माथि प्रश्न गरिएको छ । तर प्रत्येकमा त लडेर आए नि । म प्रतिवादबाट बँचेर आए नि । म ढलिन नि । किन थाहा छ ? तपाईंको शुभेच्छा आशिर्वाद आफ्नो ठाउँमा छ । त्यो सबै भन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो ।
यो लडाइँमा म किन बँचेको छु ? किनकि म सफा छु । म स्वच्छ छु म ठीक ठाउँमा उभिएको छु । त्यसैले मलाई माया गर्ने सबै साथीहरू ढुक्क रहनुस् ।
तपाईंको भाइ, तपाईंको दाई, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको पार्टी सभापति गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । त्यसैले तपाईं मेरो बारेमा जिम्मा लिएर बोल्न सक्नु हुन्छ ।
मेरो बारेमा जिम्मा लिएर भन्न सक्नु हुन्छ गगन थापाबाट कुनै गलत अनैतिक काम भएको छैन । हुन सक्दैन कति साथीहरु भन्नु हुन्छ यो होला त्यो होला त्यो कुनै कुराहरू सँग कुनै चिन्ता लिएर आफ्नो ड्युटी गर्ने होइन । आफ्नो ड्युटी गर्दै जाने हो जे पर्छ त्यो कुरालाई बेहोर्ने हो ।
अन्तिममा अनुरोध गर्छु यत्रो प्रायोजित हल्लाहरू बिचमा सही प्रश्नहरू मर्नु हुँदैन । प्रश्न मर्यो भने लोकतन्त्र सकिन्छ । लोकतन्त्र मात्र होइन हाम्रो प्रगति पनि सकिन्छ ।
आजको सबै भन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौ ? आजको प्रश्न नै यही हो सबैको ध्यान यसमा जाओस् ।
प्रतिक्रिया 4