Comments Add Comment

अब सडक मानवमुक्त नेपाल घोषणा गर्छौं : प्रधानमन्त्री

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए ।

खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’

सरकारले २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउने गरी काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment