Comments Add Comment

के ‘रातो टिका निधारमा’ गलत मितिमा रिलिज भएको हो ?

केही साथीहरुको सल्लाहामा निर्माता तथा निर्देशक अशोक शर्माले चलचित्र ‘रातो टिका निधारमा’लाई असोजको १० गते रिलिज गरे । घटस्थापनाको २ दिन अगाडि रिलिज भएको चलचित्रको सुरुवाती बक्स अफिसमा खासै गतिलो भएन । यो कुरा स्वयंम अशोक पनि स्विकार्छन् ।

अशोकले चलचित्रको सुरुवाती व्यापार राम्रो नहुनुमा प्रदर्शन मितिलाई कारण मानेका छन् । उनका अनुसार, चलचित्रको प्रदर्शनको मितिमा चलचित्रको टिम चुक्यो । असोजको १७ गते चलचित्र रिलिज गर्ने योजना भएपनि साथीहरुको सल्लाहामा असोज १० मा चलचित्र रिलिज गरेको अशोकको भनाई छ ।

एक साता अगाडि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दर्शक उर्लिएका थिए । यसको असर आफ्नो चलचित्रमा परेको उनको तर्क छ । राम्रो चलेको चलचित्रलाई दुई साता छाड्नुपर्ने रहेछ भन्ने तर्क अशोक अहिले दिन थालेका छन् ।

चलचित्रले सुरुवाती २ दिनमा ६० लाख माथिको ग्रस कलेक्शन गरेको उनको भनाई छ । बुधबारबाट बलिउड चलचित्र ‘वार’ रिलिज हुँदैछ । यसैले, हलले शोज कटौती गर्ने पक्का छ । यसको एक सातापछि चलचित्र ‘छ माया छपक्कै’ रिलिज हुँदैछ ।

तर, अशोक फूलपातिको बिदा सुरु भएपछि चलचित्रले राम्रो व्यापार गर्नेमा आशावादी छन् । वर्ड अफ माउथ राम्रो भएकाले चलचित्रले राम्रो व्यापार बिदामा गर्ने उनको दाबी छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको मुख्य भूमिका रहेको चलचित्रलाई समिक्षकले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment