+
+
Shares

ब्यापारी नसच्चिए सरकार आफैले खसीबोका र चामल बेच्छ : मन्त्री मातृका यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १७:१२

१० असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगी र ब्यापारी नसच्चिए सरकार आफैंले खसीबोका र चामल बेच्ने चेतावनी दिएका छन् ।

दशैंका बेला ब्यापारीले जथाभावी मूल्य बढाएको भन्दै उनले भने उद्योगी ब्यापारी सच्चिएनन् र मूल्य बढाउन रोकेनन् भने मन्त्रालय आफैं बसेर खसीबोकादेखि चामल बेच्ने अवस्था आउला ।’

दशै बजार व्यवस्थित बनाउन अनुगमन जारी राखे पनि अवरोध भइरहेको उनले बताए । बजारमा उपभोग्य वस्तु अभाव नभए पनि मूल्य बढाउने काम नरोकिएको भन्दै मन्त्री यादवले सरकार कडा रुपमा उत्रेको दावी गरे । उनले भने ‘नसुध्रिए कालोबजारी गर्नेले दुख पाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?