Comments Add Comment

चोलेन्द्रविरुद्ध ९ उजुरी, छलफल गर्न उजुरीकर्तालाई बोलाइयो

१२ पुस, काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा नौ वटा उजुरी परेका छन् । उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो तीन बजे उजुरीकर्तालाई बोलाएको छ ।

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै पुस २ गते १० दिने म्याद राखेर उनीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको थियो ।

यो पनि पढ्नुहोस ‘बर्थ डे’कै दिन वीरसमशेरका पनातिलाई सर्वोच्चको साँचो

प्रस्तावित प्रधानन्यायाधीश जबरासँग भने कहिले छलफल गर्ने भन्ने टुंगो लागेको छैन । सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि उनको नियुक्तिको बाटो खुल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment