Comments Add Comment

दोस्रो विश्वयुद्धका सबैभन्दा वृद्ध योद्धाको निधन

अमेरिकाका सबैभन्दा पाका व्यक्तिको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । टेक्सासमा निधन भएका रिचर्ड ओवर्टन अमेरिकाका सबैभन्दा वृद्ध मानिस मात्र होइनन्, दोश्रो विश्वयुद्धमा अहिलेसम्म जीवित रहेका सबैभन्दा पाका व्यक्ति पनि हुन् ।

ओवर्टनले दोस्रो विश्वयुद्धमा एक अमेरिकी सैन्य डफ्फामा रहेर काम गरेका थिए, जसमा सबै सेनाहरु काला जातिका थिए ।

उनी प्रशान्त क्षेत्रमा युद्ध सञ्चालन तथा समुद्र तटमा अवतरण गराउने लगायतका अभियानमा पनि सामेल भएका थिए ।

सन् २०१३ मा उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेट्रान डे को अवसरमा सम्मान गरेका थिए ।

आफ्नो लामो आयुको श्रेय उनी भगवानलाई दिन्छन् । तर, यसमा सिगार र मदिराको पनि भूमिका रहेको उनको भनाइ छ ।

१८ वर्षको उमेरदेखि आफुले सिगार पिउँदै आएको र अहिले दिनमा १२ सिगार पिउन थालेको उनी बताउँथे ।

दोस्रो विश्वयुद्धमा जापानले पर्ल हार्वरमा आक्रमण गरेपश्चात् उनी पर्ल हार्वरमा खटिएका थिए ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment