Comments Add Comment

ग्लोबल आइएमईको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

१४ पुस, काठमाडाैं । ग्लोबल आइएमई बैंकले थप ३ ठाउँमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

नवलपरासीको हर्बस्टार, कावासोती नगरपालिकाको गोछडा र पाल्पाको रम्भा गाउँपालिका-१, हुँगीमा बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकका अनुसार हर्बस्टार र गोछडाका शाखाको कावासोती शाखा र हुँगीमा खोलिएको शाखा तानसेन शाखाको मातहतमा रहने छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, यूटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवाका लागि टाढा पुग्नुपर्ने भएकाले यो सेवा सुरु गरेको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment