Comments Add Comment

एपीएफसँग पुलिस पराजित

१७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफ क्लबसँग अर्को विभागीय क्लब नेपाल पुलिस क्लब पराजित भएको छ ।

हलचोकस्थित आफ्नै मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले पराजित गरेको हो । एपीएफको जितमा युवराज खड्काले दुई गोल गरे । त्यस्तै, राजेन्द्र रावल र हरि कार्कीले समान १–१ गोल गरे । यता, पुलिसका अजित भण्डारीले एक गोल फर्काएका थिए ।

खेलको २० औं मिनेटमा राजेन्द्रले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा हरिले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । ४३ औं मिनेटमा युवराजले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा अजितले गोल गर्दै पुलिसलाई ३–१ गोलको स्थितिमा ल्याए ।

खेलको ८५ औं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई ४–१ गोलको जित दिलाए ।

जितसँगै एपीएपको १२ खेलबाट २० अंक भएको छ । पराजित पुलिसको भने १२ खेलबाट १८ अंक रहेको छ ।

त्यस्तै, ललितपुरको सातदोबाटोमा मंगलबार नै भएको खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा नै च्यासलका सजिन थापामगरले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर सुरुवातमै लिएको अग्रता च्यासलले जोगाउन नसक्दा हार ब्यहोरेको हो । खेलको ८६ औं मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई १–१ गोलको स्थितिमा पु¥याएका थिए । त्यस्तै, खेलको अतिरिक्त समयमा फ्रान्सिस ओकेचुकोले गोल गर्दै सरस्वतीलाई २–१ गोलको जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment