Comments Add Comment

जेलमा रहेका रेशम चौधरीको सपथ आज

१९ पुस, काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् ।

संसदका प्रवक्ता रोजनाथ पाण्डेले चौथरीको सपथ कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार सभामुख कृष्णबहादुर महराले दिउँसो ३ बजे चौधरीलाई पद तथा गोपनीयताको सपथ दिलाउने छन् ।

यसअघि बिहान साढे ११ बजे सपथ ग्रहणको कार्यक्रम राखिएको थियो ।

यो पनि पढ्नुहोस सांसद रेशम चौधरीको सपथको समय सर्‍यो

चौधरी हाल डिल्लीबजार कारागारमा छन् । सपथ लिए पनि उनी संसद भवन भने जान पाउने छैनन् । सांसद पदको सपथ खुवाइसकेपछि उनलाई पुनः जेलमै लैजाने स्रोतले बतायो ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली-१ बाट निर्वाचित भएका थिए

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

यो पनि पढ्नुहोस्

सभामुख महरा भन्छन्- प्रधानमन्त्रीज्यूको आदेश त मान्नुपर्‍यो नि मैले !

सपथपछि रेशम चौधरी संसद जान्छन् कि जेल ?

रेशम चौधरीलाई रिहा गर्नुपर्छः उपप्रधानमन्त्री यादव

राजेन्द्र महतोः अब हेर्दै जाऔं, स्टेप बाई स्टेप !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment