Comments Add Comment

वाइडवडी प्रकरणमा सरकारले भन्यो : अहिले नै कसैलाई कारबाही हुँदैन

१९ पुस, काठमाडौं । सरकारले वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न र तयार रहेको बताएको छ ।

तर, लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उपसमितिले लेखा समितिलाई प्रतिवेदन बुझाउनु अघि नै निचोड जसरी सार्वजनिक गरेकोमा असन्तुष्टि जनाए ।

यद्यपि समितिमा छलफल हुन बाँकी रहेको भन्दै उनले भने, ‘उपससमितिले प्रतिवेदन दिएकै छ । अब समितिले अब के भन्छ ? कसरी आउँछ ? त्यसपछि सरकारले पनि न्यायिक समिति बनाउन उपयुक्त हुन्छ भने हामी तयार नै छौं ।’

तर, सरकारले अर्को समिति बनाउँदा ढाकछोप गर्न बनायो भन्ने हो कि भन्ने उनको आशंका छ । उनले भने, ‘विगतका पराम्परा, अभ्यास, कानुनी प्रावधान हेरेर समिति बनाउन तयार छौं । त्यसको निचोड नआएसम्म कसैमाथि अभियोग लाग्नासाथ प्रमाणित मानिँदैन । प्रमाणित हुने धेरै निकाय पार गर्नुपर्छ ।’

प्रमाणित भएपछि मितको छोरा, आफ्नो छोरा नभन्ने तर, अहिले नै कसैलाई कारबाही नगर्ने बताए । ‘कुनै कुरा आउनासाथ अन्तिम फैसलाका रुपमा ग्रहण गर्न सकिँदैन । छानविनको उचित निष्कर्ष आओस्’, मन्त्री बास्कोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment