Comments Add Comment

ग्लोबल आइएमई बैंकद्वारा कालिकोेटमा राहत वितरण

२३ पुस, काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ।

पुस ८ गते राति भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई बैंकले ८७ थान ब्ल्याङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो। आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले राहत सामाग्रीहरु उपलब्ध गराइएको बैंकले जनाएको छ।

बैंकका देशभर १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११६ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय संचालनमा छन्। ९ लाख ५० हजार भन्दा बढि ग्राहक पुगेको बैंकको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment