Comments Add Comment

लिग विजेता मनाङले अन्तिम खेल फ्रेन्ड्ससँग खेल्दै

२४ पुस, काठमाडौं ।  मनाङ मर्स्याङ्दी क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो हुने खेलमा दुई खेलअघि नै ए डिभिजन लिगको उपाधि जितिसकेको मनाङले आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

मनाङले अन्तिम दुई खेल खेल्नुअघि नै ए डिभिजन लिगको उपाधि उचाली सकेको थियो । मनाङ १२ औं खेलसम्ममा अपराजित छ ।

शतप्रतिशत जित हात पार्दै ३६ अंक बनाएको मनाङले अन्तिम खेलमा पनि जित हात पार्दै एक खेल नहारी लिग जित्ने लक्ष्यमा छ ।

फ्रेन्ड्स क्लब भने आˆनो अन्तिम खेलमा मनाङलाई रोक्दै अन्तिम दुईमा पर्नबाट बच्ने दाउमा छ । लिगको १२ औं स्थानमा रहेको फ्रेन्ड्स क्लबको ९ अंक छ ।

आजै हुने अर्को खेलमा न्युरोड टिम -एनआरटी) क्लबले बि्रगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

लिगको विजेता मनाङ बन्दा उपविजेता भने संकटा क्लब बनेको छ । त्यस्तै, लिगको तेस्रो थ्रीस्टार हुँदा चौथो आर्मी, पाँचौ एपीएफ र छैटौ पुलिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment