Comments Add Comment

‘रणवीर’ फस्टलुकमा सुशिलसँग सुभेच्छा र सुपुष्पाको प्रेम

माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’ अहिले दर्शकका लागि पनि आशातित चलचित्र बनेको छ । विशेषगरि, नेपालमा कमेडी जनराको चलचित्र बढी बनिरहेको समयमा यो चलचित्रको एक्सन पाटोले दर्शकको ध्यान खिच्न सफल भएको हो ।

चलचित्रको टिजरमा समावेश एक्सन दृश्यले नै दर्शकमा कौतुहलता पैदा भएको छ । चलचित्रमा नायक सुशिल सिटौला शिर्ष भूमिकामा देखिएका छन् । उनको र कलाकार प्रशान्त ताम्राकारको चर्को भिडन्तमा चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रमा सुभेच्छा खड्का, सुपुष्पा भट्टको पनि मुख्य भूमिका छ । चलचित्रको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्नु अगाडि यसको फस्टलुक सार्वजनिक गरेको छ ।

फस्टलुकमा सुशिलको प्रेम सुभेच्छासँग हुन्छ कि सुपुष्पासँग भन्ने रहस्यलाई खुलाइएको छैन । गोविन्द सिंह भण्डारीको चलचित्रमा कथा, पटकथा, संवाद र निर्देशन रहेको छ । चलचित्रलाई गोपाबिष्ट थापा र दिपेन्द्र कार्कीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment