Comments Add Comment

चार महिनामा ८४ विदेशी नागरिकलाई देश निकाला

२५ पुस, काठमाडौं । विभिन्न प्रयोगका लागि नेपाल आएर कानून विपरीत गतिविधि गरेको आरोपमा ८४ जना विदेशी नागरिकलाई देश निकाला गरिएको छ । पछिल्लो ४ महिनाको अवधिमा उनीहरुलाई निश्चित अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको हो ।

बुधबार विभागमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक ईश्वरराज पौडेलले उनीहरुलाई अनुसन्धानपछि निष्कसन गरिएको बताए । ‘घुम्न आउने बाहनामा कानूनले बर्जित गरेको गवितिधि गर्नेहरुलाई अनुसन्धानपछि कारबाही गरिएको हो’, उनले भने, ‘उनीहरुमाथि अध्यागमन ऐन अनुसार अनुसन्धान र कारबाही भएको थियो ।’

कारबाहीमा पर्नेहरुमा नेपाल आएर ड्रग पार्टी गर्नेदेखि क्रिश्चियन धर्म प्रचार गर्नेहरुसम्म छन् । कतिपय नेपालमा अवैध व्यपारमा समेत संलग्न भएको जनाइएको छ । विदेशी नागरिकले व्यवसाय गर्न व्यापार भिसा नै लिनुपर्ने कानुनी ब्यवस्था छ ।

देश निकाला गरिनेमा जापान, अस्ट्रेलिया, चीनलगायतका देशका नागरिक छन् । अध्यागमन विभागका अनुसार नेपाल आएका विदेशी नागरिकले झुठा विवरण, जाली राहदानी वा भिसा प्रयोग गर्न पाउँदैनन् ।

त्यस्तै, प्रचलित कानून विपरीतका गतिविधि गरेको खण्डमा पनि अपराधको तहकिकात र कारबाही पूरा गरी सरकारको स्वीकृतिमा देश निकाला गर्न सक्छ ।

अध्यागमन विभागले भिसा नियमति नगराइ गैरकानुनी रुपमा नेपाल बसेका विदेशी नागरिकको सुक्ष्म निगरानी भइरहेको जनाएको छ । पौडेलले भने, ‘प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालयहरुको समन्वय र सहयोगमा सुक्ष्म निगरानीलाई बढाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment