Comments Add Comment

दिल्लीमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

२६ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल भारतको सम्बन्धको विभिन्न विषयमा छलफल हुनुका साथै द्वीपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुले हालै भएका उच्च स्तरीय भ्रमणको स्मरण गर्दै ती भ्रमणले वर्षौदेखिको समानता, आपसी समझदारी, एक अर्काको सम्मान र द्वीपक्षीय हितका आधारमा सञ्चालित सम्बन्ध सुदृढ बनाउन योगदान पुगेको बताएका थिए ।

नेपाली परराष्ट्रमन्त्रीको सम्मानमा भारतीय विदेशमन्त्री स्वराजले दिवाभोज दिएकी छन् । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार विहान भारतको नयाँ दिल्ली पुगेका हुन् । उनी चौथो राइसिना डायलगमा भाग लिन गएका हुन् । एक जना प्रमुख वक्ताका रुपमा निम्त्याइएका मन्त्री ज्ञवालीले बिहीबार नै उक्त सम्मेलनमा भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment