Comments Add Comment

चलचित्र निर्माणमा दिपक मनाङ्गे

‘दिपक मनाङ्गे’ नामले परिचित राजीव गुरुङले अब चलचित्र निर्माण गर्ने भएका छन् । हुनत, केही बर्ष अगाडि बनेको चलचित्र ‘वन वे’मा मनाङ्गेको लगानी रहेको चर्चा चलेको थियो । यो चलचित्रबाट मनाङ्गेका छोरा सिद्धार्थले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । तर, सिद्धार्थ चलचित्र क्षेत्रमा खासै चल्न सकेनन् ।

उनै मनाङ्गेले यसपटक भने पर्दा अगाडि नै देखिएर चलचित्रमा लगानी गर्न लागेका छन् । चलचित्रका लागि निर्देशक शिशिर राणालाई चयन गरिएको छ । कलाकारको टुंगो केही दिनमै लगाउने शिशिरले बताए ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा श्यामबहादुर थापाको प्रस्तुती रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली छन् । चलचित्रको लागि एउटा गीत तयार भैसकेको छ भने कथा पनि अन्तिम चरणमा छ ।

चलचित्रले बिहेपछिको दम्पत्तीको कथालाई उठान गर्ने वुझिएको छ । यसका लागि केही पाका कलाकारलाई चलचित्रमा लिने तयारी समेत गरिएको छ । चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment