Comments Add Comment

विन्टर कार्निभलमा यसरी रमाए बालबालिका

जाडोको सिजन छ । विद्यालय विदा छ । के गर्ने ? उपाय अनेक छन् । यो फुर्सदिलो समयमा उन्मुक्त घुमफिर गर्न सकिन्छ । कुनै रचनात्मक काममा लाग्न सकिन्छ । घरमा आमाबुवालाई सघाउन सकिन्छ । सामाजिक काममा सक्रिय हुन सकिन्छ । तर, मोवाइलमा लिप्त हुने वा टेलिभिजनमा कार्टुन हेरेर समय विताउने भन्दा अरु विकल्प बढी लाभदायक हुनसक्छ । विकल्प यस्तो होस्, जसले बालबालिकालाई शारीरिक रुपमै गतिशिल बनाउन मद्दत गरोस् ।

यस्तै उपाय खोजिरहेका बालबालिका लागि विद्यालयहरुले पनि मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिरहेका छन् । कतिपय संघ-संस्थाले बच्चाहरुका लागि विन्टर क्याम्प संचालन गर्ने गरेका छन् । यस्ता कार्यक्रममा सहभागी हुँदा बच्चाहरु शारीरिक रुपले सक्रिय हुन्छन् । साथीभाईसँग घुलमिल हुन्छन् । नयाँ नयाँ कुरा सिक्छन् । त्यसैले अभिभावकले पनि बालबालिकालाई यस्ता कार्यक्रममा सहभागी गराउँदा बढी लाभ मिल्छ ।

यसै मेसोमा काठमाडौंको तीनचुली बौद्धमा रहेको टोडलर्स् स्कुलमा विन्टर कार्निभल आयोजना गरियो । टिभीमा मात्र देखिएका चर्चित कार्टुन पात्रहरु मोटु पतलुलाई कार्निभलमा देख्न पाउँदा स-साना नानीहरु निकै उत्साहित देखिन्थे । मोटु पतलुसँग फोटो खिच्नेहरुको निकै भिड नै लागेको थियो । चर्चित हास्य कलाकारहरु रवि डंगोल, कुमारमणि गजुरेल लगायतले बालबालिकाको अभिनय गर्दै उनीहरुलाई नियमित होमवर्क गर्न, धेरै मोबाइल नचलाउन उत्प्रेरित गरेका थिए ।

जादुगरको प्रदर्शनमा पनि विद्यार्थी भाइ वहिनीहरु निकै रमाएका थिए । घोडचढीमा धेरै रमाएको पाइयो । जाडो बिदामा कही कतै जान नपाएका बालबालिकाहरुले निर्धक्कसँग नाच्दै गाउंदै भरपूर मनोरञ्जन लिएका थिए । आफ्ना नानीहरुसँगै अभिभावकहरुले पनि विविध खेलमा सहभागी हुँदै रमाइलो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment