Comments Add Comment

दान कसलाई, किन र कसरी दिने ?

आवश्यक परेको व्यक्तिलाई गरिने दान नै उपयोगी र सार्थक

हिले हामीकहाँ आर्थिक सहयोग गर्ने लहर छ । कसैको दुःख, अभाव, पीडा टार्नका लागि देश-विदेशका मनकारीहरु सहयोगमा जुट्ने गरेका छन् । एक हिसाबले यो सकारात्मक पक्ष हो ।

थोपा-थोपा पानीले समुन्द्र बन्छ भनेझै, एक-एक जनाको सहयोग एकमुष्ठ रुपमा ठूलो हुन्छ । यसले कसैलाई दुःख, कष्टबाट मुक्त दिलाउँछ ।

त्यसो त हाम्रो संस्कार नै छ, यसरी सहयोग गर्ने । अरुलाई दुःख पर्दा, आपत विपत पर्दा, समस्या पर्दा सहयोग गर्नु मानविय धर्म हो । यस्तै मानविय प्रवृत्तिले हामीलाई श्रेष्ठ बनाउँछ । पूर्विय संस्कारमा दान दिनका लागि प्रेरित गरिएको छ ।

तर, वर्तमान समाजमा यस किसिमको सहयोग गर्ने र गराउने कुरा कतिपय अवस्थामा दुरुपयोग पनि भएको छ । आफ्नै प्रचारको लागि, कुनै स्वार्थवस् अरुलाई सहयोग गरेको देखाउने प्रवृत्ति पनि मौलाएको छ । खासमा कस्तो अवस्थामा सहयोग गर्ने ? कसरी गर्ने ? कसलाई गर्ने ? बुझ्नुपर्छ ।

के हो श्रेष्ठ दान ?

कसैलाई निस्वार्थ भावले आर्थिक वा भौतिक सहयोग गर्नुलाई दान दिनु भनिन्छ । दान दिनुलाई मानव जातिमा सबैभन्दा ठूलो धर्म मानिन्छ । यसलाई पुनित कार्य पनि भनिन्छ । त्यसैले, दान गर्दा कुनै इच्छा राखेर दान गर्नु हुँदैन । किनकी शात्रस्त्रमा उल्लेख गरिए अनुसार त्यही दान ठूलो हो, जुन निश्चल मनले दिइन्छ ।

दानका पनि प्रकार छन् । जसमध्ये अन्नदान महादान पनि भनिन्छ । त्यो भन्दा ठूलो दान विद्यादान हो । किनकी अन्नले व्यक्तिलाई क्षणिक रुपमा तृप्त बनाउन सक्छ, तर विद्याले जीवनलाई नै तृप्त बनाउँछ ।

ऋग्वेदमा भनिएको छ, संसारको सर्वश्रेष्ठ दान भनेको ज्ञान दान हो । किनकी ज्ञानदानमात्र एउटा त्यस्तो ज्ञान हो, जसलाई न त कसैले चोर्न सक्छ, न त कसैले नष्ट नै गर्नसक्छ । बरु जति बाढ््यो उति बढ्दै जान्छ र मानिसहरुलाई यसले स्थायी सुख दिन्छ ।

धर्मशास्त्रहरुमा पनि तिथि पर्वमा गरिने स्नान पश्चात्त दानको विशेष महत्व रहेको बताइएको छ । कुनै व्यक्तिलाई सात्विक भावनाका गरेको दानको फल मानिसलाई अर्को जन्ममा मात्र प्राप्त हुन्छ । भविष्य पुराणमा लेखिए अनुसार दानमा पनि तीनवटा दान सर्वश्रेष्ठ छ, गोदान, पृथ्वीदान र विद्यादान । यो दुहुने, जोत्ने र ज्ञान आर्जित गर्नाले सात कुल पवित्र रहने जनविश्वास रहेको छ ।

मनुस्मृतिमा दानबारे महत्वपूर्ण कुरा बताइएको छ । जसमा भनिएको छ, भोकोलाई अन्नदान गर्नाले सुख प्राप्ती हुन्छ । तिल दान गर्ने व्यक्तिले लक्षित सन्तान प्राप्त गर्छ भने दिप दान गर्नाले उत्तम नेत्र प्राप्त गर्छ ।

भूमि दान गर्नेले भूमि, स्वर्णदान गरेमा दीर्घआयु, चादी दान गर्नाले सुन्दर रुप प्राप्त हुन्छ ।

यी सबै दानमध्य वेद दान महत्वपूर्ण छ । जसमा दान गर्ने र दान लिने व्यक्तिले आदरका साथ दान दिएमा र लिएर उक्त व्यक्तिले स्वर्गमा स्थान पाउँछन् । जबकी अपमानजनक तरीकाले दान दिने र लिने व्यक्तिको नरकमा वास हुन्छ ।

भनिन्छ, एकपल्टको जुनीमा मनुष्यले जुन भक्तिभावका फलको आशा सहित दान गर्छ, अर्को जन्ममा सम्मानित भएर उसले ती सबै वस्तु प्राप्त गर्छ ।

अन्यायपूर्वक तरीकाले आर्जित गरेको धनको सम्बन्धमा भने स्कंदपुराणमा लेखिएको छ, ती दानको कुनै पूण्य फल प्राप्त हुँदैन । किनकी दान गर्दा मनलाई सफा राख्न पनि उत्तिकै जरुरी छ ।

महाभारतमा यक्षले युधिस्ठिरलाई एउटा प्रश्न गरेका थिए,  ‘श्रेष्ठ दान कुन हो ?’ । जवाफमा युधिष्ठिरले भने ‘जुन दान असल पात्रलाई दिइन्छ । जसले प्राप्त दानलाई असल कार्यमा लगाउन सक्छ, त्यो नै श्रेष्ठ दान हो’ । किनकी त्यही दानले मात्र पूण्य फल प्रदान गर्छ ।

त्यसैले त कर्णले आˆनो छाला दान गरेका थिए भने शिविले मासु दान, जीमूतवाहनले जीवन दान तथा दधीचि ऋषि आफ्नो अस्थि दान दिएका थिए । दानवीर कर्णको दानशीलताको कथा त अहिले पनि विश्वविख्यातै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment