News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह परियोजनाले सीमावर्ती क्षेत्रको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुने बताएका छन्।
- धामीले परियोजना पूरा भएपछि भारत–नेपालबीच यातायात र आपूर्तिको आदान–प्रदान सुगम हुने र आपसी सम्बन्ध मजबुत हुने उल्लेख गरेका छन्।
- सुख्खा बन्दरगाह ५०० करोड भारतीय रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको र प्रधानमन्त्री नरेन्द्र मोदीको कनेक्टिभिटी फर ग्रोथ लक्ष्य साकार गर्ने कदम भएको मुख्यमन्त्री धामीले बताए।
७ कात्तिक, काठमाडौं। भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह सीमावर्ती क्षेत्रको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुने बताएका छन्।
दोधारा–चाँदनी नगरपालिका– १, चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको स्थलगत निरीक्षणपछि उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर साझा गर्दै परियोजनाले पूर्णता पाएपछि सीमावर्ती क्षेत्रको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुने बताएका हुन्।
‘यो परियोजना पूर्ण र्भपछि भारत र नेपालबीच केवल यातायात र आपूर्तिको आदान–प्रदान सुगम हुने मात्रै नभएर दुई देशबीचको आपसी सम्बन्ध पनि अझ धेरै मजबुत हुनेछ,’ मुख्यमन्त्री धामीले लेखेका छन्, ‘साथै पर्यटन, व्यापार र रोजगारका नयाँ अवसर सिर्जना हुने छन् । यो सुख्खा बन्दरगाह सीमावर्ती क्षेत्रको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुने छ।’
‘ल्यान्डपोट्र्स अथोरिटी अफ इन्डिया’ द्वारा निर्माणाधीन सुख्खा बन्दरगाह परियोजना स्थलगत निरीक्षण गरेको भन्दै उनले ५०० करोड (भारतीय रुपैयाँ) भन्दा बढीको लागतमा निर्माण भइरहेको पनि उल्लेख गरेका छन्।
‘यो सुख्खा बन्दरगाह आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको कनेक्टिभिटी फर ग्रोथको लक्ष्य साकार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो,’ उत्तराखण्डका मुख्यमन्त्री धामीले भनेका छन्।
प्रतिक्रिया 4