News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले बंगलादेशमा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ।
- नेपालले माल्दिभ्सलाई २५-२१, २५-२३, २५-१८ को सेटमा हराएको हो र तीन खेलबाट ४ अंक जोडेको छ।
- नेपाल पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको काभा कप पुरुष भलिबलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ ।
ढाकास्थित इन्डोर हलमा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएको हो ।
पहिलो जितपछि तीन खेलबाट नेपालले ४ अंक जोडेको छ ।
नेपालले माल्दिभ्सलाई २५-२१, २५-२३, २५-१८ ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको थियो ।
आजै भएको पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३-१ को सेटमा हराएर लगातार तेस्रो जित हात पारेको छ । आजको अन्तिम खेल घरेलु टोली बंगलादेश र श्रीलंकाबीच हुनेछ ।
प्रतिक्रिया 4