Comments Add Comment

हायर पर्चेज कर्जा दिने कम्पनीको पुँजी वृद्धि

७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पुँजी वृद्धि गरेको छ । सोमबार हायर पर्चेज कर्जा दिने स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० लाई संशोधन गर्दै राष्ट्र बैंकले पुँजी वृद्धि गरेको हो ।

अब हायर पर्चेज कर्जा दिने कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी (साधारण सेयर) ३० करोड रुपैयाँ हुनु पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

यद्यपि हाल सञ्चालन भइरहेका यसता कम्पनीलाई पुँजी वृद्धिका लागि राष्ट्र बैंकले समय तोकेको छ । सञ्चालनमा रहेका हायर पर्चेज कर्जा दिने कम्पनीहरुलाई आगामी २०७७ को असार महिनाभित्रमा २० करोड रुपैयाँ र २०७८ असार मसान्तसम्ममा ३० करोड रुपैयाँ पुर्‍याउन राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

यस अघि यस्ता कम्पनीको पुँजी १० करोड रुपैयाँ भए पुग्ने व्यवस्था थियो । कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, र्फम, कम्पनी वा संस्थालाई सवारीसाधन, मेशिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जालाई हायर पर्चेज कर्जा भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment