
२९ फागुन, काठमाडाैं । सिद्धार्थ बैंक र भारतको दिल्लीस्थित डा. बिएल कपुर मेमोरिएल हस्पिटलबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका डेविट, क्रेडिट र मेडिकल कार्डवाहकले कपुर हस्पिटलमा स्वास्थ्य सेवा लिंदा ५० प्रतिशत सम्म छुट पाउने छन् ।
सम्झौता पत्रमा बैंककासहायक महा प्रबन्धक सुरेशराज महर्जन र हस्पिटलका ग्रुप सेल्स प्रमुख सुनिल कपुरले हस्ताक्षर गरे ।
यस्तै सिद्धार्थ बैंक लिमिटेड र नानावटी सुपर स्पेसियालिटी हस्पिटल, मुम्बईबीच पनि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण डेविट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहकवर्गहरुले उक्त हस्पिटलमा स्वास्थ्य सेवा लिँदा प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।
सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महा प्रबन्धक सुरेश राज महर्जन र नानावटी सुपर स्पेसियालिटी हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुख सुनिल कपुरले हस्ताक्षर गरे ।
यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, पि्रपेड कार्ड र क्रेडिट कार्डमार्फत सो हस्पिटलमा भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्ने छन् ।
बैंकका देसभर १४४ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५२ एटिएम र १ हजार २०० भन्दा बढी पिओएस मेसिन छन् ।
प्रतिक्रिया 4