Comments Add Comment

अपाङ्गता भएका बालकको स्याहारमा कठिनाइ

७ माघ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका-५ हर्दिया टोलमा आर्थिक अभावका कारण अपाङ्गता भएका बालकको जीवनयापनमा समस्या भएको छ ।

विपन्न माझी मुसहर समुदायका ८ बषिर्य रोहित माझीको जीवनयापनमा समस्या भएको हो । जन्मेदेखि नै दुबै खुट्टा नचल्ने माझिको आफन्तको रुपमा वृद्ध हजुरबुवा हजुरआमा बाहेक कोहि पनि छैनन् ।

रोहित जन्मेको केही दिन पछि नै बुवा मेघराज माझीको मृत्यु भएको थियो भने त्यसको केही वर्षपछि आमाले पनि छोडिसकेकी छन् ।

वृद्ध उमेरका हजुरबुवा हिरा माझी र हजुरआमाले नै रोहितको पालन पोषण गर्दै आएका छन् ।

अपाङ्गता भएकालाई हृवीलचियर, फलफूल, कम्बल वितरण गरेको सुनेपनि आफ्नो नातिका लागि कसैले सहयोग नगरेको गुनासो हिरा माझिको छ । विपन्न दलित समुदायका उनको सम्पत्तिको नाममा एउटा फुसको घर मात्रै छ ।

वडाअध्यक्ष असलम आलमलाई भेटेर समस्याको बारेमा जानकारी गराउँदा आश्वासन मात्रै पाएको उनले बताए । ‘वडा अध्यक्षलाई भने नगरपालिकामा समेत गएर गुनासो गरे । सबैले आश्वासन मात्रै दिन्छन् । कसैले सहयोग गर्दैनन्,’ उनले भने, ‘खेत बारी नभएका कारण जीवन चलाउन समस्या भइरहेको समयमा जसोतसो नातीको हेरचाह गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment