Comments Add Comment

कांग्रेसले किन सभामुखमाथि चोर औंला उठायो ?

८ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्री बन्ने प्रयास नगर्न सभामुख कृष्णबहादुर महरालाई चेतावनी दिएको छ ।

दिवंगत नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गर्‍यो ।

कांग्रेस सांसदहरु रोष्टममा जान खोज्दा मर्यादापालकहरुले बीचमा नै रोक्ने प्रयास गरे । मन्त्रीलाई रोष्टममा बोलाउन मिल्ने गरी मर्यादापालकले कांग्रेस सांसदहरुलाई रोक्ने प्रयास गरेपछि कांग्रेस सांसदहरु मिनेन्द्र रिजाल, अमरेशकुमार सिंह, गगन थापालगायत आक्रामक बने । उनीहरुले सभामुखतर्फ चोर औंला उठाउँदै प्रश्न गरे ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद रिजालले संसदमा भने, ‘यसरी संसद चलाउने दुश्प्रयास नगर्नुस्, तपाई गृहमन्त्री होइन ।’

दिपेन्द्रप्रसाद बडूले हामी कुर्सी बोकेर माथि जाँदैनौं, सभामुखले आफ्नो मर्यादा कायम राख्नुपर्छ’ भने ।

कांग्रेस नेताहरुका अनुसार सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति उनीहरु सन्तुष्ट छैनन् । संसदीय परम्परामा संसदलाई प्रतिपक्षीको पनि भन्ने गरिन्छ र सांसदहरुको अधिकार रक्षाका लागि कहिलेकाँही सभामुखले सरकारलाई निर्देशन दिन मिल्ने भए पनि सभामुख महराले संसदलाई सरकारको छायाँ बनाउन खोजेको कांग्रेस नेताहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment