Comments Add Comment

कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीले बनाए ९ छोटा फिल्म

कान्तिपुर फिल्म एकेडेमीले काठमाण्डौको क्यूज सिनेमा हलमा विद्यार्थीहरुले बनाएको छोटा चलचित्र प्रदर्शन गरेको छ । उक्त कार्यक्रममा कान्तिपुर एकेडेमीबाट अभिनय र चलचित्र निर्माणमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका २६ जना विद्यार्थीहरुलाई ग्राजुएट गरिएको थियो भने उनीहरुले बनाएको फरक फरक विषयको ९ वटा छोटा चलचित्र पनि प्रदर्शन गरिएको थियो ।

प्रदर्शन गरिएका छोटा चलचित्रमा हेम प्रभासको ‘द मास्क’, दिपेश याक्सोको ‘तिम्मक’, रीमा थापाको ‘व्युत्क्रमो’, उदय अधिकारीको ‘पाथ टु हेल’, राजदिप लामाको ‘ग्याङ्गस अफ काठमाण्डौ’, ईश्वरी आचार्यको ‘बुद्ध, आईज एण्ड बिटवीन’, उद्धव दंगालको ‘लोङ्गवा’, रविन्द्र श्रेष्ठको ‘रियल कोईन्स’, र दिपेन्द्र मल्लको ‘पद्मा’ थिए ।

चलचित्र हेरीसकेपछी ग्राजुएट भएका विद्यार्थीहरुलाई निर्माता तथा एकेडेमीका अध्यक्ष छविराज ओझा, निर्देशक÷कलाकार दीपाश्री निरौला, निर्देशक उज्वल घिमिरे र निर्माता केशव भट्टराईले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो । चलचित्रकर्मीहरुले विद्यार्थीहरुले बनाएका छोटा चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment