Comments Add Comment

शाकाहारी खानाले के अब विश्वलाई बचाउँनेछ ?

‘विश्वमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा कैयौं बढी खान नजानेर मर्छन् ।’ खाना वास्तवमा शरीरका लागि अमृत समान हुनुपर्ने हो । भइरहेको छ, विष समान ।

खानेकुराले शरीरलाई निरोगी, स्वस्थ्य, तन्दुरुस्त, उर्जावान बनाउनुपर्ने हो । तर बनाइरहेको छ, रोगी, जिर्ण, रुखो, कमजोर ।

हाम्रो खाना र खानपान शैली अब चिन्ताको विषय बनेको छ । यही कारण त अहिले दीर्घजीवन र स्वास्थ्यका लागि कस्तो खानपान गर्ने भन्ने बहस विश्वमै छेडिएको छ । यो वहस अहिले किनपनि पेचिलो बन्दै गएको छ भने, खानाको शैली र खानाको स्रोत रोगको कारण बनिरहेको छ । खानपानकै कारण विश्व समुदाय रोगको दलदलमा फस्दैछ ।

यसैबीच स्वस्थ्य, सुपाच्य एवं शरीरमैत्री खानाका विकल्प खोजिदैछन् । हुन त परापूर्व कालमा जसरी खानाको विकास भयो, त्यसलाई आजको युगले स्वागत गरिरहेको छ । सादा, ताजा, सुपाच्य खानापान अब दुनियाको भान्सामा प्रवेश गर्दैछ ।

संसारमा शाकाहारीको लहर चलेको छ । मासुजन्य परिकार आफैमा रोगको स्रोत भएकाले मात्र नभएर यसले पर्यावरणमै गंभिर क्षति पुर्‍याउने भएकाले शाकाहारी भोजनको महत्व बढेर गएको छ । प्रकृतिले दिएको ताजा, मौसम अनुकुल सागसब्जी, अन्न उपज, फलफूल, गेडागुडी नै शरीरका लागि उपयोगी खानेकुरा हो भन्ने निक्र्यौलमा पुगिसकेका छन्, विश्व समुदाय ।

अझ एउटा यस्तो जमात पनि हुर्कदैछ, जो मासुमात्र होइन, पशुजन्य कुनैपनि उत्पादनलाई ‘खान अयोग्य’ भनिरहेका छन् ।

उनीहरु पशुपंक्षीको मासु त खाँदैनन् नै, त्यसबाट उत्पादित कुनैपनि कुरा सेवन वा प्रयोग गर्दैनन् । कतिसम्मभने, गाईको दुध, घिउदेखि भेडाको ऊनसम्म ।

यसरी खानपानका सन्दर्भमा आएको विश्व जागरणले अहिले शाकाहार भोजनलाई उपयुक्त मान्न थालेको छ । तर, विश्व समुदाय यदि शाकाहार भइदियो भने के अहिलेका उत्पादनले सबैको पेट भर्न सक्छ ? सबैको शरीरलाई आवश्यक पोषण तत्व आपूर्ति गर्न सक्छ ?

यो प्रश्न किनपनि उठ्न स्वभाविक छ भने, अहिले माछा-मासु र पशुजन्य उत्पादनले खानाको ठूलो हिस्सामा योगदान दिइरहेको छ । माछामासु र सागपातको खपतलाई तुलनात्मक रुपमा हेर्ने हो भने, संभवत माछामासुको खपत बढी भएको पाइनेछ । यसको अर्थ हाम्रो खानपान भण्डारको ठूलो स्रोत हो, माछामासु । जब यो स्रोत बन्द हुन्छ वा बर्जित गरिन्छ, के शाकाहारी भोजनले मात्र सबैको भोक मेट्न सकिएला ?

हिन्दी बीबीसी अनलाइनमा प्रकासित एक लेखमा भनिएको छ, विश्वको जनसंख्या अहिले ७ दशमलव ७ अर्ब छ । आगमी सन् २०५० सम्म यो संख्या बढेर १० अर्ब पुग्न सक्छ ।

यस्तो पृष्टभूमीमा वैज्ञानिकले एक डाइट प्लान तयार गरेको छ, जसले पर्यावरणलाई क्षति नपुर्‍याई यति धेरै जनसंख्याका लागि भोजनको आपूर्ति गर्न सकिन्छ । यसलाई प्लेनेटरी हेल्थ डाइट भनिएको छ ।

बीबीसीको उक्त आलेखमा लेखिएको छ, ‘यस डाइट प्लानमा मासु र दुधजन्य उत्पादन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छैन । यद्यपी यो सुझाव दिइएको छ कि मान्छेले प्रोटीनको आपूर्तिका लागि फल र दालको सेवन अरु बढाउनुपर्नेछ ।

यस डाइट प्लान अन्र्तगत तपाईंले आफ्नो दैनिक खानाबाट ति कुरा कटौती गर्नुपर्नेछ, जो तपाई अक्सर खानुहुन्छ । र, त्यो चिज सामेल गर्नुपर्छ, जो चिज तपाईं कम खानुहुन्छ ।

खानपानमा कस्तो परिवर्तन हुनेछ ?

यदि तपाईं हरेक दिन मासु खानुहुन्छ भने सबैभन्दा कम गर्नुपर्ने कुरा यही हो । अर्थात तपाईंले आफ्नो खानाबाट मासुको खपत कम गर्नुपर्नेछ । मासु वा मासुले बनेको कुनैपनि परिकार खानुहुन्छ भने त्यसको क्रम कम गर्दै र मात्रा घटाउँदै लानुपर्नेछ ।

तर, मासुको सेवन नगर्दा वा कम गर्दा शरीरमा प्रोटीनको अभाव हुनसक्छ । त्यसैले यसका आपूर्तिका लागि सागसब्जीको मात्रा बढाउनुपर्छ ।

शोधकर्ताले दाल र फल खान सुझाव दिएका छन् । स्टार्चयुक्त अर्थात कार्बोहाइड्रेट आपूर्ति गर्ने सब्जी जस्तो कि, आलु, पिँडालु कटौती गर्नुपर्नेछ । अफ्रिकी मुलुकमा यी सब्जी अत्याधिक खाने गरिन्छ ।

त्यसो भए के खाने त ?

मासुजन्य परिकारमा कटौती गरेपछि के खाने ? एउटा शरीरका लागि आवश्यक पौष्टिक तत्वको आधारमा यहाँ डाइट चार्ट तयार गरिएको छ । भलै यो चार्ट हाम्रो सन्दर्भमा कति मिल्छ त्यो आफ्नो ठाउँमा छ । यद्यपी यसले एउटा शरीरका लागि दैनिक आवश्यक पौष्टिक तत्व र त्यसको स्रोतको मात्रा बताएको छ ।

१. बोक्रा छोड्याएर खानेकुरा जस्तो कि बदाम-५० ग्राम

२. सोयाबीन जस्तो फल-७५ ग्राम

३. माछा-२८ ग्राम

४. मासु- १४ ग्राम रेड मिट र २९ ग्राम चिकेन

५. कार्बोहाइड्रेट- रोटी र चामल २३२ ग्राम र ५० ग्राम स्टार्चयुक्त सब्जी

६. दुधजन्य-२ सय ५० ग्राम (एक गिलास दुध)

७. सब्जी- ३०० ग्राम र फल २ सय ग्राम

यस डाइटमा ३१ ग्राम चिनी र ५० ग्राम ओलिभ आयल पनि समावेश छ ।

के यो खाना बेस्वादको हुनेछ ?

हार्वर्ड युनिभिर्सिटीसँग सम्बन्धित प्रोफेसर वाल्टर विलेट पनि यस मुद्दामाथि गरिएको सोधमा सामेल छन् । खेतको बिचमा आफ्ना बालापन विताएका प्रोफेसर विलेट भन्छन् कि, उनी दिनमा तीन पटक रेड मिट सेवन गर्थे । तर, अहिले उनको खानपान शैली प्लेनेटरी हेल्थ डाइट अनुसार हुन थालेको छ ।

विलेटले आफ्नो यी उदाहरण पेश गर्दै सम्झाएका छन्, ‘त्यहाँ अनेक छन् खानका लागि । तपाईं ति सबै चिजलाई अलग अलग किसिमले मिलाएर कुनै फरक स्वादमा तयार गर्न सक्नुहुनेछ ।’

के यो डाइट प्लान एक कल्पना हो ?

यस योजना अनुसार विश्वका हरेक भेगमा मानिसले आफ्नो खानपान शैली बदल्नुपर्नेछ ।

यूरोप र उत्तरी अफ्रिकाले रेड मिटमा भारी कटौती गर्नुपर्नेछ । त्यसैगरी पूर्वी एशियाले माछाको परिकारमा नियन्त्रण गर्नुपर्नेछ । यदी अफ्रिकाको कुरा गर्ने हो भने, त्यहाँका मानिसले स्टार्चयुक्त सब्जी खानामा कटौती गर्नुपर्नेछ ।

स्टकहोम युनिभर्सिटीमा स्टकहोम रेजिलेन्स सेन्टरका निर्देशक लाइन गार्डेन भन्छन्, ‘मानिसले कहिले पनि आफ्नो खानपानमा यस स्तरले र यस गतिले बदल्ने कोशिस नै गरेका थिएनन् । अब कुरा रह्यो यो काल्पनिक हो वा होइन भन्ने । तब कल्पनामा पनि नकारात्मक हुन जरुरी छैन । अब यस्तो समय आइसक्यो कि, हामीले एक राम्रो संसार रचना गर्ने सपना देख्नुपर्छ ।’

कसको दिमागको उपज हो यो ?

ईट-लान्सेट आयोगको यस परियोजनामा विश्वभरका ३७ जना वैज्ञानिक सामेल छन्, जसमा वनस्पति बैज्ञानिकदेखि पर्यावरण र पोषक तत्व जस्ता विषयमा शोध गर्ने विशेषज्ञ छन् ।

उनीहरुले दुई बर्षसम्म यस विषयमा शोध गरेर डाइट प्लान जारी गरेका थिए, जो लान्सेट नामक शोध जर्नलमा प्रकासित छ ।

१० अर्बका लागि खानाको जरुरत

सन् २०११ सम्म दुनियाको जनसंखया सात अबर थियो, जो अहिले ७ दशलमव ७ अर्बसम्म पुगेको छ ।

यही अनुपातलाई नियाल्ने हो भने, सन् २०५० सम्म यो आंकडा बढेर १० अर्बसम्म पुग्नेछ ।

शोधकर्ताका अनुसार यस डाइट प्लानले हरेक बर्ष १ दशमलव १ करोड मानिस मर्नबाट बच्नेछन् । खासगरी यी व्यक्तिहरु खराब खानपानको कारण हुने रोग जस्तो कि हार्ट अट्याक, हार्ट स्ट्रोक्स र क्यान्सर जस्ता रोगबाट बच्नेछन् ।

विश्वका विकसित देशमा यी रोग मानिसको असमायिक मृत्युको सबैभन्दा ठूलो कारण बन्ने गरेको छ ।

विश्वका लागि खेती कति खराब ?

विश्वभरको वैश्विक ग्रीन हाउस उत्सर्जनमा खेती र जंगले ढाकेको भूमिको हिस्सा लगभग २५ प्रतिशत छ । लगभग यतिनै जमिन विद्युत, यन्त्र, रेल, हवाइ जहाज, अटोमोबाइल्सले ओगटेको छ ।

यदि तपाईं खाद्यन्न क्षेत्रले दुनियाको पर्यावरणमा पार्ने असर सम्झनुहुन्छ भने तपाईंलाई थाहा हुनेछ कि, मांसाहार र दुधजन्य उत्पादन पर्यावरणका लागि एकदमै हानिकारक छ । वैश्विक ग्रीन हाउस ग्यास उत्सर्जनमा पशुहरुको हिस्सा १४ प्रतिशत छ । त्यसैगरी मानवजन्य गतिविधिको कारण पैदा हुने ग्रीन हाउस ग्यासको हिस्सा १८ प्रतिशत छ ।

ग्रीन हाउस ग्यासको सन्दर्भमा खेतीबाट मीथेन र नाइट्रस अक्साइडको उत्सजर्नमा ठूलो भूमिका छ । यसैगरी यदि पानी, खेती र खाद्यन्न उत्पादनको कुरा गर्ने हो भने, यो ठूलो खतरा हो  । किनभने यसले विश्वभरका पेयजल स्रोतको ७० प्रतिशत हिस्साको उपभोग गरिरहेको छ ।

के यसरी विश्व बाँच्नेछ ? 

शोधकर्ताको उदेश्य धेरैभन्दा धेरै मानिसलाई भोजनको अपूर्ति गर्नुथियो । तर, एक उदेश्य के पनि थियो भने यससँगै ग्रीन हाउस ग्यास उत्सजन कम होस् । कुनैपनि जीवजन्तु विलुप्त हुनबाट रोकियोस् । खेतीयोग्य भूमिको विस्तार रोकियोस् । र, जलाधार क्षेत्र संरक्षित होस् ।

तर, खानपानको शैली बदल्नाले यो उदेश्य पुरा हुनेछैन ।

यसका लागि खाना बर्बाद हुनबाट रोक्नु र खेतीमा प्रयोग भएको जमिनबाट बढी भन्दा बढी अन्न उत्पादन गर्नु जरुरी हुन्छ ।

मांसाहारमा प्रतिबन्ध

प्रोफेसर विलेट भन्छन्, ‘यदि हामी केवल ग्रीन हाउस ग्यास उत्सर्जन कम गर्ने कुरा गरिरहेका छौ भने हामी भन्छौं कि सबै मानिस शाकाहारी हुनुपर्छ । तर, यो कुरा स्पष्ट थिएन कि शाकाहार भोजन सबैभन्दा स्वास्थ्यप्रद भोजन थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment