Comments Add Comment

‘सय कडा दश’को नारालाई दर्शकले रुचाउलान् ?

चलचित्र ‘सय कडा दश’लाई चलचित्र सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । माघको १८ गतेबाट रिलिज हुने यो चलचित्रको लम्बाई २ घन्टा १० मिनेट छ । निर्देशक रामशरण पाठकले चलचित्रप्रति सेन्सर बोर्डका कर्मचारीले दिएको प्रतिक्रियाले आफू उत्साहित भएको बताएका छन् ।

यो चलचित्रमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेलको मुख्य भूमिका छ । चलचित्रमा दर्शकले हाँस्य कलाकार मनोज गजुरेललाई देख्न सक्नेछन् । जहाँ उनी भ्रष्टचारविरुद्ध हिड्ने एक सामाजिक अभियन्ताको भूमिकामा देखिएका छन् । दर्शन नेपाल क्रिएसनले यो चलचित्रलाई निर्माण गरेको हो ।

चलचित्र ‘सय कडा दश’ले भ्रष्टचार निवारणका लागि प्रेम पनि औषत हुन सक्छ भनेर देखाउन खोजेको छ । कलाकार गजुरेलले कथावस्तु निकै मनपरेपछि आफूले चलचित्र क्षेत्रमा डेब्यू गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment