
चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको कुनै पनि तस्बिर अहिलेसम्म सार्वजनिक गरिएको थिएन । तर, यसको निर्माणपक्षले बिहिबार सार्वजनिक गरेको फस्टलुकमा नायक सलिनमान बनियाँ र नव–नायिका मल्लिका महत्तको रोमान्सलाई प्रस्तुत गरिएको छ ।
यो चलचित्रले नायक सलिनमानको यात्राको कथालाई पर्दामा देखाएको छ । सलिनमान चलचित्रमा भ्लगरको भूमिकामा देखिएका छन् । यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । उनको यो डेब्यू चलचित्र हो ।
चलचित्रमा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रक्षा बज्रचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा बाल कलाकारको रुपमा अंकित संग्रौला र एन्जल राइको अभिनय छ । केशव भट्टराई र सुशिल पोखरेलले यो चलचित्रको निर्माण गरेका हुन् ।
कोटकी कालिका देवी फिल्मस्, क्रियटिभ फिल्म प्रोडक्शन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा संजय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको एक्सन, बनिष शाहको सम्पादन, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत छ ।
प्रतिक्रिया 4