Comments Add Comment

पश्चिमा शक्तिलाई सरकारको जवाफ–संक्रमणकालीन न्यायबारे हामीलाई सम्झाउनु पर्दैन

१० माघ, काठमाडौं । सरकारले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय निरुपण आफ्नै मोडलबाट अघि बढेको भन्दै विदेशीले सम्झाइरहन नपर्ने बताएको छ ।

संयुक्त राष्ट्र संघसहित पश्चिमा मुलुकहरुले बिहीबार संयुक्त विज्ञप्तिमार्फत संक्रमणकालीन न्यायबारे प्रष्ट पार्न ध्यानाकर्षण गराएलगत्तै सरकारको यस्तो प्रतिक्रिया आएको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी प्रक्रिया राजनीतिक सहमति र राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनी मान्यता अनुसारनै अघि बढेको बताए ।

उनले भने–हामीलाई सम्झाइर रहनु आवश्यक छैन । हामी शान्ति प्रक्रियालाई टुंग्याउने र द्धन्द्ध पीडितलाई न्याय दिने सन्दर्भमा आफ्नै अनुभव र मोडलका आधारमा अघि बढ्छौं । १२ बुँदे समझदारीदेखि आजसम्म जुन राजनीतिक सहमतिका आधारमा आएको हो,त्यसबाट पछि हट्ने छुट कसैलाई छैन ।

मन्त्री बास्कोटाले जघन्य अपराधमा कसैलाई आम माफी नहुने भन्दै यो विषयलाई चर्काउने वा कसैको फाइदाका लागि प्रयोग गर्ने प्रयास कसैबाट भए त्यो स्वीकार्य नहुने प्रष्ट पारे । उनले विस्तृत शान्ति सम्झौतामा जुन जुन पक्ष संलग्न थिए ती अहिले पनि राजनीतिक परिदृश्यमै रहेको भन्दै अरुले सम्झाउन आवश्यक नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment