Comments Add Comment

सन्दीप जोराको कीर्तिमान : टी-२० मा अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटर

१७ माघ, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप जोरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको डेब्यू खेलमा अविजित ५३ रन बनाएका हुन् ।

यसअघि उक्त कीर्तिमान क्यानडाका हिरल पटेलको नाममा थियो । हिरलले २०१० मा १८ वर्ष १ सय ७७ दिनको उमेरमा आयरल्याण्डविरुद्ध अर्धशतक बनाएका थिए ।

टी-२० सिरिजको पहिलो खेलमा युएईसँग २१ रनले हारे पनि सन्दीपको खेल तारिफयोग्य रह्यो ।

विकेट गुमेर दबावमा रहेको नेपाली टिममा उनले सम्हालिएको ब्याटिङ गर्दै ४६ बलमा ३ चौका र १ छक्काको मद्धतमा अविजित ५३ रन बनाएका हुन् ।

सन्दीप अन्तर्राष्ट्रिय टी-२० मा डेब्यू गर्ने नवौँ युवा खेलाडी पनि हुन् । डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने तालिकामा भने सन्दीप १९ औँ नम्बरमा रहे । साथै डेब्यू खेलमा अर्धशतक बनाउने उनी २० औँ खेलाडी रहे ।

यस्तै युएईविरुद्ध नै टी-२० डेब्यू गरेका रोहित पौडेल डेब्यू गर्ने तेस्रो युवा खेलाडी रहे । उनको डेब्यू उमेर १६ वर्ष १ सय ५१ दिन रहेको छ । सबैभन्दा कम उमेरमा टी-२० डेब्यू गर्ने कुवेतका मिट भावसर हुन् । उनले ११ दिनअघि माल्दिभ्सविरुद्धको खेलमा १४ वर्ष २ सय ११ दिनमा डेब्यू गरेका थिए ।

दोस्रोमा हङकङका वाकस खान रहेका छन् ।  वाकसले २०१४ को नोभेम्बरमा १५ वर्ष २ सय ५९ दिनको उमेरमा नेपालविरुद्ध डेब्यू गरेका थिए ।

यो पनि पढ्नुहोस् :डेब्यू ब्वाइ सन्दीप जोरा : घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान

                             रोहितकुमारको रेकर्ड, तेन्दुलकर र अफ्रिदी पनि पछि परे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment