Comments Add Comment

रोहितकुमारको रेकर्ड, तेन्दुलकर र अफ्रिदी पनि पछि परे

१२ माघ, काठमाडौं । सचिन तेन्दुलकर र शाहिद अफ्रिदी अन्तराष्ट्रिय क्रिकेटका लेजेन्ड हुन् । तर, नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले शनिबार यूएईविरुद्ध अर्धशतक बनाएसँगै दुबै लेजेन्डलाई पछि पार्दै दुर्लभ रेकर्ड बनाएका छन् ।

यूएईविरुद्ध ५४ रन बनाएसँगै रोहित अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छे क्रिकेटर बनेका छन् । उनी भर्खर १६ वर्ष १४६ दिनका भएका छन् ।

यसअघि टेष्ट क्रिकेटमा यो रेकर्ड तेन्दुलकरको नाममा थियो । उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध ५९ रन बनाएका थिए ।

एकदिवसीय क्रिकेटमा भने यो रेकर्ड पाकिस्तानमा अफि्रदीको नाममा थियो । उनले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध शतक (१०२) रन बनाएका थिए ।

रोहित एकदिवसीय क्रिकेटमा कम उमेरमा डेब्यू गर्ने क्रिकेटरको सूचीमा चौथो नम्बरमा छन् । अगष्ट २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआई डेब्यू गर्दा उनको उमेर १५ वर्ष ३३५ दिन मात्र थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment