Comments Add Comment

नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

१८ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो पहिलो विकेट गुमाएको छ ।

यूएईले टस जितेर ब्याटिङ गरेको यूएईले आफ्नो पहिलो ओभरको अन्तिम बलमा अश्फाक अहमदलाई चार रनमा गुमाएको हो । नेपालका लागि सोमपाल कामीले विकेट लिए ।

पहिलो आभरको समाप्तिमा एक विकेटको क्षतिमा यूएईले चार रन बनाएको छ ।

आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment