Comments Add Comment

जिप्रका बाजुराको अस्थायी टहरोमा आगलागी

Photo Credit : Facebook/File Photo

१९ माघ, बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी भएको छ । शनिबार बहान ६ बजेतिर लागोको आगोबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएकोे अनुमान गरिएको छ ।

सदरमुकाम मार्तडीमा जिल्ला प्रहरी कार्यालय बाजुराको नयाँ भवन निर्माण कार्य जारी छ । त्यसैले प्रहरीहरु जस्ताको अस्थायी टहरो बनाएर बस्दै आएका छन् । तिनै टहरामध्येको एउटा टहरामा आगो लागेको डिएसपी उद्धवसिंह भाटले जानकारी दिए । ‘त्यो टहरोमा तीन जना बस्दै आएका थिए । उनीहरु ढोका लगाएर बाहिर निस्किएको बेला आगो लाग्यो । उनीहरु सकुशल रहे पनि व्यक्तिगत सामानहरु सबै नष्ट भए,’ डिएसपी भाटले भने ।

उनले बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जानकारी दिए । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment