Comments Add Comment

धनगढी स्टार्समा रोहन मुस्तफा र सागर त्रिबेदी अनुबन्धित

२० माघ, काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट टिम धनगढी स्टार्सले रोहन मुस्तफा र सागर त्रिबेदीलाई आफ्नो टिममा भित्र्याएका छन् ।

आइतबार घरेलु टोली धनगढीले आफ्ना २ विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । युएईका कप्तान रोहन मुस्तफा र भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर सागर त्रिबेदीलाई धनगढीले अनुबन्धन गरेको हो ।

दायाँ हाते अलराउन्डर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी-२० अन्तर्रष्ट्रिय क्रिकेट खेल खेलिसकेका छन् । उनले एकदिवसीयमा ६४२ रन तथा टी-२० मा ४११ रन बनाएका छन् । त्यस्तै बलिङतर्फ उनले एकदिवसीयमा २८ विकेट र टी-२० मा १९ विकेट लिएका छन् ।

सागर त्रिबेदी सन् २०१५ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन् । उनी पनि अलराउन्डर हुन् । दायाँ हाते फास्ट बलर र बायाँ हाते ब्याट्सम्यान हुन् । उनले मुम्बई टिमको लागि खेलिसकेका छन् ।

टिम मालिक कृष्ण बोहराले आफ्नो टिमलाई सन्तुलित बनाउन दुई विदेशी खेलाडी ल्याएको बताए । उनले भने, ‘हाम्रो टिम सन्तुलित बनाउने प्रयास स्वरुप दुई विदेशी खेलाडीहरुलाई ल्याएका हौँ ।’

धनगढी स्टार्स टिमको रणनीतिक खेलाडीमा सोमपाल कामी रहेका छन् । त्यस्तै, अन्य खेलाडीमा पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरिबहादुर चौहान, दिपेश श्रेष्ठ, राजु रिजाल, सन्दीप रजाली, रोबिन क्षेत्री, धिरज शाही, कृष्ण ऐयर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment