Comments Add Comment

केही दिनमै एकता प्रक्रिया टुंगिन्छ : प्रचण्ड

२३ माघ, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केहीदिनै तल्लो स्तरसम्म पार्टी एकता हुने बताएका छन् ।

बुधबार चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औं बार्षिकोत्सवमा उनले छिट्टै देशभर एकताको सन्देश दिने बताए । ‘केही प्राविधिक कारणले एकता प्रक्रियामा ढिलाइ भएको छ, अब केहीदिनमा नै टुङ्गोमा पुग्छ’ उनले भनेका छन् ।

सचिवालय बैठकले कार्यदललाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको र अब बस्ने सचिवालय बैठकले त्यसलाई पारित गर्ने उनको दाबी छ ।

सचिवालयले बनाउने एकताको मोडललाई स्थायी कमिटी बैठकले अन्तिम रुप दिएपछि देशभर एकताको सन्देश लिन कार्यक्रम गर्ने उनले बताए । ‘पार्टी कमिटीमात्रै होइन जनसंगठनको एकता पनि तल्लो स्तरसम्म एकै पटक टुङ्गो लगाउँछौं’ प्रचण्डले भने, ‘फागुन र चैत महिनाभर पार्टी एकताको सन्देश लिएर नेताहरु जाने कार्यक्रम बनाउँछौं ।’

त्यसले पार्टीसँगै सरकारको पक्षमा तागत पैदा गर्ने उनले दाबी छ ।

छोटो अवधीमा धेरै काम गरेको भन्दै उनले सरकारको बचाउसमेत रगेका छन् । ‘बाहिर देखिने गरेर केही काम भएको छैन तर, भित्रभित्रै धेरै काम भएको छ, एउटा युगन्तकारी परिर्वतन भएको छ’ उनले भने, ‘अब त्यो बिस्तारै बाहिर पनि देखिन्छ र सरकारको काम देखिन्छ ।’

सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लागेको र त्यसका लागि नयाँशिक्षा ऐन ल्याउन खोजेको उनले प्रष्ट पारे ।

कार्यक्रममा सासंद अग्नि सापकोटाले सिन्धुपाल्चोकको शैक्षिक लगायत अन्य क्षेत्रको विकासका लागि प्रचण्डको ध्यानआर्कषण गराएको थिए

स्थानीय नेताले भने – हामीलाई काम दिनुस्

विद्यालयको बार्षिकोत्सव सामारोहमा नेकपाका अध्यक्ष आउने भएपछि जिल्लाका अधिंकाश नेकपाका नेता कार्यकर्ता आएका थिए । उनीहरुले आफूहरु जिम्म्ेवारीविहीन भएको भन्दै काम दिन आग्रह गरे ।

पूर्वसासंद सुवास कर्माचार्यले पार्टी एकता पक्रिया छिटो टुङ्गो नलाग्दा आफूहरु गाउँ जान नसकेको बताए । ‘हाम्रा संगठनहरु बिग्रिए । हामीलाई छिटो काममा लगाउनुस्’ उनले भने, ‘पार्टी एकता नहुँदा केही शक्तिहरुले सरकार र पार्टीको बदनाम गरिररहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment