Comments Add Comment

पाकिस्तानको सान्त्वना जित, सिरिज दक्षिण अफ्रिकालाई

Photo Credit : आईसीसी

२४ माघ, काठमाडौं । पाकिस्तानले अन्तिम तथा तेस्रो टी-२० क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै सान्त्वना जित हात पारेको छ ।

तेस्रो खेलमा पाकिस्तानले घरेलु टोली दक्षिण अफ्रिकालाई २७ रनले पराजित गरेको हो । तर सिरिज भने दक्षिण अफ्रिकाले २-१ ले जितेको छ । यसअघिको दुबै खेलमा पाकिस्तानलाई दक्षिण अफ्रिकाले पराजित गरेको थियो ।

पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले अविजित ५५ रन बनाएपनि जित दिलाउन भने सकेन । पाकिस्तानका लागि मोहम्मद अमिरले तीन विकेट लिए ।

यअसघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले २६, आसिफ अलीले २५, बाबर अजामले २३ र शादब खानले ८ बलमा अविजित २२ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका बेउरन हेन्डि्रक्सले चार विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment