Comments Add Comment

लण्डन उड्दै गर्दा पूजा र आकाशले भने–‘एकसाथ काम गर्दा सहज महशुश गर्छौ’

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकनका लागि नायिका पूजा शर्मा, नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देन लण्डन पुगेका छन् । यो चलचित्रको छायांकन करिब २ महिना लण्डनमा हुनेछ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । लण्डन जानु अगाडि त्रिभुवन विमानस्थलमा मिडियासँग कुराकानी गर्दै पूजाले भनिन्–‘मलाई नेपालमै चलचित्रको छायांकन भएको धेरै मनपर्छ । तर, कहिलेकाही बाहिरी लोकेशनमा पनि काम गर्नुपर्छ । तर, संझिनुपर्यो भने मलाई नेपालकै लोकेशन मनपर्छ ।’

नायक आकाश श्रेष्ठले भने–‘म नयाँ स्थानमा चलचित्रको छायांकन हुँदा उत्साहित छु । आशा छ, दर्शकका लागि हामीले विशेष चलचित्र बनाउनेछौ ।’ नायिका पूजा शर्माले चलचित्रको ९९ प्रतिशत छायांकन नै लण्डनमा हुने बताइन् । २ महिना लण्डनमा बस्दा आफूले नेपाल र साथीभाइलाई मिस गर्ने आकाशले बताए । यता, नायिका पूजा शर्माले भने आफ्नी आमाको गाली मिस गर्ने बताइन् ।

नायिका शर्माले एक बर्षपछि आफूले फेरि फरक स्वादमा चलचित्र दर्शकमाझ ल्याउने बताइन् । नायक आकाश श्रेष्ठ र आफ्नो जोडी दर्शकले मन पराएको भन्दै पूजाले भनिन्–‘म आकाशसँग काम गर्दा सहज हुन्छु ।’
आकाशले भने–‘पूजासँग मैलै धेरै संगत गरेको छु । यसैले पनि काम गर्न सहज लाग्छ ।’

त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो चलचित्रलाई आगामी भदौमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment