Comments Add Comment

रिलिज भयो ‘समर लभ’, व्यापारमा झरीको प्रभाव

चलचित्र हेर्न दर्शक हलमा जान छाडेपछि यतिबेला चलचित्र क्षेत्रमा पनि यसले ठूलै बहस निम्त्याएको छ । यसैले कुन चलचित्रले दर्शकलाई हलसम्म तान्छ भन्ने विश्लेषण हुँदै आएको छ । आजबाट रिलिजमा आएको चलचित्र ‘समर लभ’ले दर्शकलाई हलसम्म तान्ने अपेक्षा धेरैको छ । चर्चित उपन्यासमाथि बनेको चलचित्र भएकाले पनि दर्शकले यसलाई मन पराउने अपेक्षा यसको निर्माणपक्षको छ ।

तर, चलचित्रको बिहानी व्यापारमा बिहिबारदेखि परेको पानीको प्रभाव देखिएको छ । आशिष पिया, रेवती क्षेत्री र नम्रता सापकोटाको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेमको कथा भन्छ । अतित र सायाको प्रेमकथामा निर्माण भएको चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

सुविन भट्टराइको कथा, सुविन र सामिप्याराज तिमिल्सिनाको पटकथा रहेको यो चलचित्रले प्रेमको यात्रामा दर्शकलाई लैजाने विश्वास यसको निर्माणपक्षको छ । चलचित्रलाई काठमाण्डौको क्यूएफक्सले ७ शो दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment