Comments Add Comment

१२ अंकले तल झर्‍यो सेयर बजार

२७ माघ, काठमाडौं । साताको पहिलो दिन नै सेयर बजारमा गिरावट देखिएको छ । आइतबार सेयर बजारमा १२ दशमलव ०५ अंकको गिरावट देखिएको हो ।

आइतबार बिहान १ हजार १ सय ३९ दशमलव ५८ अंकबाट सुरु भएको कारोबार १२ दशमलव ०५ अंकको गिरावट आएर नेप्से परिसूचक घटेर १ हजार १ सउ २७ दशमलव ५३ मा झरेको छ ।

सपरिसूचकसँगै कारोबार रकममा पनि उल्लास देखिएको छैन । दिनभर भएका ५ हजार ५ सय ९२ कारोबारबाट १ सय ६० कम्पनीका ७ लाख ८२ हजार ४ सय ७७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २३ करोड ५१ लाख ९४ हजार रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । एक्सचेञ्जका अनुसार कारोबार रकमका आधारमा आइतबार माछापुच्छे बैंक पहिलो स्थानमा देखिएको छ । माछापुछ्रेको आइतबार १ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment