Comments Add Comment

नेपालले आज भारतसँग खेल्दै

२८ माघ, काठमाडौं । नेपाली महिला फुटबल टिमले आज हिरो वोमेन्स गोल्डकप फुटबलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

भुवनेश्वरस्थित कलिंगा रंगशालामा आज बेलुकी हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले यसअघि म्यानमारसँग पराजय भोगेको कारण पनि अघिल्लो चरणमा पुग्ने सम्भावनालाई कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

भारत निकै बलियो टिम हो । भारतसँग नेपालले अहिलेसम्म जित्न सकेको छैन । त्यसकारण पनि आजको खेल नेपालको लागि निकै कठिन हुनेछ । यता घरेलु टोली भारतभने आफ्नो पहिलो खेलमा नै इरानलाई १-० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको थियो । आजको खेलमा पनि त्यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा भारत रहेको छ ।

अन्तिम खेल नेपालले १३ फेब्रुअरीमा इरानसँग खेल्नेछ ।

यो प्रतियोगितालाई नेपालले साफ च्याम्पियनसिपको तयारीको रुपमा पनि हेरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment