Comments Add Comment

निश्चलको ‘फर्गो’लाई ऋचा र सुरक्षाको साथ

निश्चल मल्लको अंग्रेजी भाषाको नयाँ पुस्तक ‘फर्गो’ सार्वजनिक भएको छ । नायिकाद्धय ऋचा शर्मा र सुरक्षा पन्तको साथमा लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष बिष्णुहरि पाण्डेले पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै नायिका शर्माले लेख्ने मान्छेप्रति आफ्नो मनमा श्रद्धा भएको बताइन् । उनले भनिन्–‘लेखकको उमेर कम भएपनि पुस्तकमा दम छ । मैले किताबमा परिपक्कता देखेँ ।’

ऋचा जस्तै नायिका सुरक्षा पन्तले पनि लेख्ने मान्छेप्रति आफ्नो सम्मान धेरै भएको बताइन् । उनले निश्चलले आफूलाई प्रभावित पारेको बताइन् । लेखक मल्लले पुस्तक रोमान्स र रहस्यले भरिएको बताए । उनले पुस्तकले कल्पनामा आफूले सोचेजस्तो जीवन सिर्जना गर्ने यूवाको कथा पेश गर्ने बताए । एक सय पेजको यो पुस्तकलाई वुक हिलले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment