+
+
Shares

गौरवको ‘अकेले’मा सुरविना

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १ गते १२:१६

मुम्बइमा रहेर मोडलिङ दुनियाँमा रमाइरहेकी नायिका सुरविना कार्कीले एक हिन्दी गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् । गायक गौरव डगाकरको भ्यालेन्टाइन गीत ‘अकेले अकेले’मा सुरविनाले मोडलिङ गरेकी हुन् । भारतका चर्चित गायक गौरवले प्रेम दिवसलाई लक्षित पारेर ल्याएको यो गीतलाई दर्शकले रुचाएका छन् । मोहमद राफीको चर्चित गीतलाई गौरवले फेरि बनाएका हुन् ।

यो गीतको भिडियोमा सुरविनाको साथमा कलाकार मनराज सिंहलाई फिचरिङ गरिएको छ । म्यूजिक भिडियोमा मोडलिङ गरेकी सुरविनाले भनिन्–‘म सधै नै गौरवले गाएका नेपाली गीत पनि मनपराउथ्यँ । उनीसँग काम गर्न निकै नै रमाइलो भयो । यो भिडियोलाई दर्शकले मन पराउनुहुनेछ ।’

गायक गौरवले भने–‘अहिले गीत फेरि निर्माण गर्ने शैली प्रख्यात छ । यसैले मैले यो गीतलाई फेरि बनाएको हुँ ।’ गौरवको आवाजमा समावेश ‘आत्मामा, गलिया, सुरज डुबा हे, जालमा’ लगायतका गीतले नेपाली फ्यानको मन जितिसकेका छन् । गौरवले यो बर्ष नै रिलिज भएको चलचित्र ‘रोमियो एन्ड मुना’को एउटा गीतमा आवाज दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?