Comments Add Comment

१८ लाखमा ‘राजा साहेब’ बन्दै रमित

नेपाली चलचित्रका कलाकारका कमब्याक खासै सफल भएको पाइदैन । यहीविचमा, नायक रमित ढुंगाना धमकेदार कमब्याकको तयारीमा छन् । उनले एउटा चलचित्रका लागि १८ लाख लिएर काम गर्न लागेको चर्चा भैरहेको छ । भलै, उनले लिएको पारिश्रमिकलाई धेरैले प्रचारको फन्डा मात्र मान्दै आएका छन् ।

उनै, रमितले महंगो पारिश्रमिक लिएर काम गर्न लागेको चलचित्रको नाम ‘राजा साहेब’ राखिएको छ । यो चलचित्रको शिर्ष भूमिकामा उनी काम गर्न लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै रमितले चलचित्रको नाम खुलाएका हुन् । केही समय अगाडि रमितले चलचित्र विकास बोर्डमा नाम दर्ता नभएकाले खुलाउन नमिलेको बताएका थिए ।

विचल राइको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि नायिका तय भएकी छैनन् । किराती इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रमा सरु राइको लगानी छ । चलचित्रमा रमित साइको भूमिकामा देखिनेछन् । साथमा उनले चलचित्रमा एक्सनका दृश्य पनि धेरै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment