Comments Add Comment

विद्युतमा जनताको लगानी र नाफा निश्चित : ऊर्जामन्त्री पुन

२ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले जलविद्युतमा नेपालीको लगानी र मुनाफा सुनिश्चित भएको बताएका छन् ।

बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ कार्यक्रममा उनले विभिन्न १९ वटा आयोजना सरकार र जनताको संयुक्त लगानीमा निर्माण हुने बताए ।

ती आयोजनामा सरकार र सरकारी लगानी रहेको संस्थाका तर्फबाट ५१ प्रतिशत र जनताको तर्फबाट ४९ प्रतिशत लागानी रहने उल्लेख गरे । यसले जलविद्युतमा जनताको लगानी र मुनाफा सुनिश्चिचत भएको उनको भनाइ रहेको छ ।

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमबाट कोही पनि नछुट्ने भन्दै मन्त्री पुनले विकासमा र समृद्धिमा सबैको सहभागिता हुने दावी गरे ।

उर्जा मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति

यो कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि केन्द्रमा एक उच्चस्तरीय कार्यक्रम कार्यान्वयन तथा समन्वय समिति रहनेछ ।

उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रीको अध्यक्षतामा रहने समितिमा उर्जा मन्त्रालयकै सचिव उपाध्यक्ष, कानुन महाशाखाका सहसचिव, अर्थ तथा वित्तिय महाशाखाका सहसचिव सदस्य रहनेछ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, नेपाल धितोपत्र वोर्डका कार्यकारी निर्देशक, विद्युत उत्पादन कम्पनी लिमिटेड, एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सदस्यका रुपमा रहनेछन् । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment