Comments Add Comment

प्रदेश ५ सरकारको स्थापना दिवस (फोटो फिचर)

३ फागुन, बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम स्थापना दिवस मनाएको छ ।

तीन दिवसीय कार्यक्रमअन्तर्गत शुक्रबार बुटवलमा विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा झाँकीसहितको र्‍याली निकालिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकबाट सुरु भएको झाँकीसहितको र्‍याली बुटवल मण्डपमा पुगर सभामा परिणत भयो ।

कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीहरु, सभामुख, उपसभामुख, सांसद्हरु, स्थानीय तहका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिहरुलगायत सहभागी थिए ।

सरकारले प्रदेश ५ मा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले शून्य संरचनाबाट काम सुरु गर्नुपरेकाले विकासको गति लिन नसके पनि जनतामा आशा पैदा भएको दावी गरे । ‘संघीयताको महत्वपूर्ण आधार प्रदेश सरकार हो भन्ने स्थापित गरेका छौं,’ उनले थपे ।

केन्ऽ सरकारबाट साझा सूचीका कानून निर्माण र संविधानसंग बाँझिएका पुराना कानुन संशोधनमा बिलम्ब भएकाले प्रदेश सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नपाएको उनले स्वीकार गरेेका छन् ।

बुटवल उपमहानगरपालिकाको पनि स्थापना दिवस आजै (शुक्रबार) परेकोले सरकार र उपमहानगरले एउटै ब्यानरमा कार्यक्रम गरेका थिए ।

कार्यक्रममा धेरै कर तिर्ने करदाता र उत्कृष्ट झाँकीलाई सम्मान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment