Comments Add Comment

टी-२० महिला विश्वकपको एसिया छनोटको लागि नेपाली टिमको घोषणा

३ फागुन, काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ ।

छनोट कमिटिले थाइल्यान्डमा फेब्रुअरी १८ देखि २७ तारिखसम्म हुने छनोट प्रतियोगिताको लागि १४ सदस्यीय नेपाली क्रिकेट टिम घोषणा भएको हो । टिममा पहिलो पटक अप्सरी बेगमले राष्ट्रिय टिममा स्थान बनाएकी छिन् ।

छनोटमा कप्तान रुविना क्षेत्रीसँगै उपकप्तान सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुवँर, अप्सरी बेगम, ममता कुमारी चौधरी र विन्दु रावल रहेका छन् ।

त्यस्तै, बैकल्पिक खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट, अन्जली चन्द र डोली भट्ट रहेका छन् ।

मुख्य प्रशिक्षकमा विनोद दास रहेका छन् भने सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेका छन् ।
नेपाली महिला क्रिकेट टिम भोली दिउँसो थाइल्यान्ड प्रस्थान गर्दैछ ।

छनोट प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्यान्ड, चीन, हङकङ, कुवेत, मलेसिया र यूएई रहेका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग १९ फेब्रुअरीमा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेल २१ तारिखमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment